३० आश्विन २०८३, शुक्रबार

काभ्रेका चर्चित डन दावा लामा प्रहरी फन्दामा, कानुनी प्रक्रिया अघि बढाउदै प्रहरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dawa-Lama-232x300

काठमाडौं, ३ भदौ । राजधानीका चर्चित डन दिनेश अधिकारी चरीलाई दोहोरो भिडन्तमा मारेको दाबी गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले उक्त घटनाको करिब १३ दिनपछि अर्का गुण्डा नाइके दावा लामालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।

डन लामालाई प्रहरीले सोमबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र परिसर हनुमान ढोकाको संयुक्त टोलीलाई लामालाई पक्राउ गरेको हो ।

लामालाई अहिले लागु औषधलगाएतका गम्भीर प्रकृतिका घटनामा सम्लग्न रहेको आरोपमा अनुसन्धान अघि बढाएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

‘लामाले लागु औषध कारोवार गरेको, मारवाडी समूदायका व्यक्तिलाई अपहरण गरेर जवरजस्ती कागज गराएर पैसा असुलेको, व्यापारीलाई खुकुरी प्रहार गरेको जस्ता अपराध गरेको अनुसन्धानका क्रममा फेला परेको छ,’ कार्कीले भन्नुभयो, ‘लामा चरी जस्तै माथिल्लो तहको गुण्डा हो, यसलाई कारवाही प्रक्रिया अघि बढाएका छौँ ।’

काभ्रेली समूहका गुण्डा नाइके लामा पक्राउ परेसँगै प्रहरीले उनको साथबाट लागू औषध पनि बरामद गरेको थियो ।