२ कार्तिक २०८३, सोमबार

इबोला भाइरसको संक्रमण रोक्न काँकडभिट्टामा हेल्प डेक्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola

काँकडभिट्टा, ३ भदौ । भारतमा इबोला भाइरसको संक्रमण देखा परेपछि त्यसलाई रोक्न सरकारले पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।

उक्त टोलीले दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आउने पर्यटकका बारेमा सोधखोज गर्ने र आवश्यक स्वास्थ्य परामर्श र सम्भाव्य सङ्क्रमित व्यक्तिको निगरानी गर्ने छ ।
अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला हेल्प डेक्समा सरकारले अहेव हरिश्चन्द्र देवकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली खटाएको छ ।