काठमाडौं, ३ भदौ । लामो समयदेखि बैठक बस्न नसकेको आरोप खेपिरहेको नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको मूल्यांकन र सरकारले गरेका कामको समीक्षा गर्ने कांग्रेसले जनाएको छ ।
बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरु, संविधानसभा अन्तर्गतका विभिन्न समितिमा रहेका पदाधिकारीहरुपनि सहभागी हुने छन् ।
‘बैठकमा संविधान निर्माणमा भएको प्रगति, विभिन्न विवादित विषयमा भएको सहमति, सरकारको कामकारबाही, पछिल्लो राजनीतिक अवस्था, बाढीपहिरोले देशभर पुर्याएको क्षति लगायतका विषयमा छलफल हुनेछ,’ कांग्रेसका एक नेताले जानकारी दिए ।
















प्रतिक्रिया