२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय गान परिवर्तन नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rastriya-gan

काठमाडौँ, २ भदौ । नयाँ संविधानमा ‘सयौंँ थुङ्गा फूलका हामी…’ बोलको हालको राष्ट्रिय गानलाई नै निरन्तरता दिइने दलीय सहमति भएको छ ।

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित विवाद समाधान उपसमितिको सोमबारको बैठकमा सो विषयमा सहमति भएको समितिका सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

लोकतन्त्र आएपछि ‘श्रीमान् गम्भीर…’ बोलको राष्ट्रिय गान परिवर्तन गरी सरकारले व्याकुल माइलाको रचना र अम्बर गुरूङको सङ्गीतमा रहेको राष्ट्रिय गान प्रचलनमा ल्याएको थियो ।

यस्तै नयाँ संविधानमा राष्ट्रको निसाना छाप पनि हालकैलाई निरन्तरता दिने सहमति भएको छ । नेता केसीका अनुसार राज्यका निर्देशक सिद्धान्त र मौलिक हकसम्बन्धी आजको सो छलफलमा नयाँ संविधानमा अपरिवर्तनीय विषयका रूपमा जनताको मौलिक हक, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धा, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, मानवअधिकार, बालिग मताधिकार जस्ता विश्वव्यापी मान्यतालाई समावेश गरिने सहमति भएको छ । रासस