३० आश्विन २०८३, शुक्रबार

सडकमा मागेर सुनकोसी पीडितलाई दान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-campign-ashok-khanal

काठमाडौं, २ भदौ । हामी पनि केही गर्न चाहान्छौँ भन्दै प्रकृतिक प्रकोप र विपन्नतामा परेकालाई वितरण गर्ने उद्देश्य लिएर केही युवाहरुले काठमाडौंको वसन्तपुरबाट सुरु गरेको अभियान सिन्धुपाल्चोकको सुनकोशी पीडितलाई राहत वितरण गर्दै सकिएको छ ।

साउन १० गतेबाट काठमाडौंमा जर्सी संकलन सुरु गरेका युवाहरुले वसन्तुपुरमा २ साता र भक्तपुर दरबारमा १ साता राहत संकलन गरी सुनकोशी घटना आश्रयस्थल तथा राहत वितरण केन्द्रमा हस्तान्तरण गरेका हुन् ।अभियानका संयोजक सन्तोष पाण्डेका अनुसार, सुरुमा विश्वकपका जर्सी मात्र संकलन गरिए पनि सुनकोशीमा बाढीपहिरो आएपछि अन्य कपडा र खाद्यन्न दिनेको संख्या पनि ह्वात्तै बढेको थियो ।

भक्तपुरमा भएको अभियानलाई गन्तव्य सामाजिक पहुँच नेपाल संस्थाले हातेमालो गरिदिएकाले त्यहाँको संकलन कार्य तीब्र रुपमा भएको थियो । त्यस्तै, देशका प्रमुख शहरहरुमा थोरै सहयोग गरौँ अवश्व खुसी मिल्नेछ भन्ने नारा लोकप्रिय भएपछि रकम जुटाउन सहज भएको अभियानमा सदस्य अशोक खनालले बताए ।

युवाहरुले काठमाडौँसंगै पूर्वको धरान, इटहरी, दमक र चितवनमा समेत अभियान चलाएका थिए । बर्षातका कारण सडक अबरुद् भएकाले पूर्वमा संकलन गरिएको राहत सामग्री काठमाडौँ ल्याउन समस्या भएकोले राहत वितरण अझैं बाकी रहेको युवाहरुले बताएका छन् ।