३० आश्विन २०८३, शुक्रबार

एमाले सरकार परिवर्तनको पक्षमा छैन: उपाध्यक्ष रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

काठमाडौं, २ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले संविधानसभाबाट संविधान निर्माण नहुन्जेलसम्म एमाले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेस र एमालेबीच सरकार निर्माणको बेला भएको सातबुँदे सहमति संविधान निर्माणका लागि भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने बताउनुभयो ।

पार्टीभित्रको पोलिटब्युरो गठनको विवाद टुङग्याउने विषय पदाधिकारीबाट सचिवालयसम्म पुगेको जानकारी गराउँदै उहाँले छिट्टै विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

बाढीपहिरो पीडितको उद्धार र राहत वितरण प्रभावकारी रुपमा हुन नसकेको गुनासो गर्दै सरकारलाई युद्धस्तरमा काम गर्नुपर्ने उहाँको सुझाव छ ।

उपाध्यक्ष रावलले बाढीपहिराले पूर्वपश्चिम राजमार्गको कतिपय स्थानमा भत्काउँदा अवरुद्ध भएको यातायात अविलम्ब खोल्न सरकारले सक्दो पहल गर्नुपर्ने बताउनुभयो ।