३० आश्विन २०८३, शुक्रबार

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्षमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman-tiwari

कञ्चनपुर, २ भदौ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीमाथि आक्रमण भएको छ ।

भीमदत्तनगर नगरपालीका–६ ऐठपुरमा मदिरासेवन गरेका युवाहरुले आइतबारराति तिवारीमाथि आक्रमण गरेका हुन् । अध्यक्ष तिवारीको टाउकोमा चोट लागेको छ ।

घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई प्रहरीले सोमबार पक्रेको कञ्चनपुरका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार, पक्राउ पर्नेमा पंकज चन्द र रामबहादुर चन्द रहेका छन् ।