काठमाडौँ, २ भदौ । काभ्रेको उग्रतारा जनागाल–७ धनेश्वरमा ७ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
घटनामा संलग्न पनौती नगरपालिका वडा नम्बर २ का १८ वर्षीय रोशन बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
बोगटीले आफू घटनामा संलग्न रहेको स्वीकार गरेका छन् । उनले गत साउन ३० गते घरमा एक्लै रहेकी बालिकालाई काका नाता पर्ने रोशन बोगटी र उनका साथी आयुशले बलात्कार गरी हत्या गरेका थिए ।
हत्यापछि बालिकाको शवलाई उनीहरुले स्थानीय करुणडोल सामुदायिक बनको खोल्सामा फालेर ढुंगाले र पतकरले छोपका थिए ।
















प्रतिक्रिया