काठमाडौँ, २ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेस नेतृत्वको सरकार सुस्त भएको आरोप लगाउनु भएको छ ।
‘सरकार प्रभावकारी ढंगले चल्न सकेको छैन,’ दैनिक नेपालसँग कुरा गर्दै भट्टराईले भन्नुभयो,’ ‘राजनीतिक प्रक्रिया, संवैधानिक अंगको नियुक्तिलगाएतका सन्र्दभमा पनि सरकार सुस्त देखिएको छ ।’
उहाँले सरकारलाई प्रभावकारी ढंगले अघि बढाउने एमालेले दवाव दिने बताउनुभयो ।
‘एमालेको ध्यान अहिले सत्तातिर होइन संविधान निर्माणतिर छ,’ उहाले भन्नुभयो, ‘ त्यसकारण हामी सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन दवाव दिन्छौ तर सरकार बदल्ने कार्यसूचीमा प्रवेश गर्दैनौँ ।’
उहाँले सरकारलाई प्रभावकारी ढंगले अघि बढाउने र समयमा संविधान जारी गर्ने सन्दर्भमा नेपाली कांग्रेसको उच्चतहमा कुराकानी भइरहेको पनि जानकारी दिनुभयो ।
‘आउने दिनमा सरकारले जनस्तरमा देखिने गरी परिणममूखी काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
















प्रतिक्रिया