काठमाडौँ, २ भदौ । दुई साताअघि सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनमै दिल्ली जाने जाने तयारीमा हुनुहुन्छ ।
स्रोतका अनुसार ओली स्वास्थ्य परीक्षणका लागि भन्दै भारत जान लाग्नु भएको हो । ओली छिट्टै दिल्ली जाने तयारीमा रहेपनि मिति भने निश्चित भएको छैन ।
सात वर्षअघि भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गर्नुभएका ओली अहिले म्याक्स अस्पतालमा ‘फलो अप’ परीक्षणका लागि जाने गर्नुृभएको छ ।
पछिल्लो समय उहाँ हातमा देखा परेको फङ्गलको समस्याले उहाँ पीडित बन्नु भएको छ । ओली स्वास्थ्य परीक्षणकै लागि भारत जान लाग्नु भएको भएपनि उहाँको दिल्ली यात्रालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।
एमालेको नवौँ महाधिवशेन पछि बोलाइएको दोस्रो बैठकले कुनै निर्णय गर्न नसकेपछि तेस्रो बैठक असोज १० गतेका लागि बोलाएर फुसर्दिलो बन्नु भएका ओली दिल्ली जान लाग्नुले पनि त्यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
















प्रतिक्रिया