३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Health-Journalist_Nepal

काठमाडौं, २ भदौ । स्वास्थ्यलाई ‘बिट’ बनाएर पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरूले ‘स्वास्थ्य पत्रकार मञ्च’ गठन गरेका छन् ।

स्वास्थ्य पत्रकारहरूको राजधानीमा भएको भेलाले मञ्च गठन गर्ने निर्णय गरेको हो । भेलाले स्वास्थ्य खबरपत्रिकाका सम्पादक अनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य, महासचिवमा दी काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका रामप्रसाद न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यमा नेपाल समाचारपत्र दैनिककी भगवती तिमिल्सिना, नागरिक दैनिकका प्रविण ढकाल, अन्नपूर्ण पोष्टकी दिपा दाहाल, राजधानी दैनिकका भिसा काफ्ले, कान्तिपुर टेलिभिजनका उद्धवराज भेटवाल र दी हिमालयन टाइम्सका अंकित अधिकारी चयन भएका छन् ।

मञ्च जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको महासचिव गौतमले बताए । मञ्चले स्वास्थ्य पत्रकारहरूको क्षमताअभिवृद्धिका लागि तालिम, गोष्ठी तथा खोज पत्रकारिता विकासका लागि पहल गर्नेछ । ‘स्वास्थ्य प्राविधिक विषय भएकाले पत्रकारका लागि क्षमता अभिवृद्धि अपरिहार्य बनेको छ’ अध्यक्ष न्यौपानेले भने, ‘मञ्चले स्वास्थ्य पत्रकारमा प्राविधिक ज्ञान बढाएर खोज पत्रकारिताका लागि पहलगर्ने छ ।’