३० आश्विन २०८३, शुक्रबार

भक्तपुरमा डेङ्गुका बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dango-1

भक्तपुर, १ भदौ । भक्तपुरमा डेङ्गुका बिरामी फेला परेको छ । तराईमा मात्र देखिने डेङ्गुका बिरामी भक्तपुरमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

रामेछाप घर भई परिवारसँग भक्तपुरको बालकोट गाविस–५ मा बस्दै आएका वर्ष १५ को अर्जुन कार्कीको स्वास्थ्य परीक्षणका क्रममा डेङ्गु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेश ठाकुरले बताउनुभयो ।  बिरामीको अहिले उपचार भइरहेको छ ।

डेङ्गुका बिरामी देखापरेपछि यसबाट बच्न भक्तपुर नगरपालिका र गाविसमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको ठाकुरले बताउनुभयो । भक्तपुर अस्पतालमा डेङ्गु परीक्षणका लागि निःशुल्क टेष्ट किट राखिएको उहाँले जानकारी दिनुभयो ।