भदौ १ । मलेसियामा जारी एसीसी यु–१६ क्रिकेट प्रतियोगिता नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
आइतबार विहान भएको खेलमा नेपालले ओमानलाई १०२ रनको फराकिलो अन्तरले हराउदै लगातार तेस्रो जित हात पारेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अलआउट हुँदै १६४ रन बनाउन सफल भएको थियो । लगातारको तेस्रो जितसँगै ६ अंक बटुलेको नेपाली टोलीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
आजको खेलमा अनिल खरेलले ६ विकेट लिए । राम्रो सुरुआत गरेको ओमनले पहिलो विकेट ४९ रनमा गुमाएको थियो ।
तर, त्यसपछि नेपाली बलर हावी भएपछि केवल २३ रन जोड्दा सबै ९ विकेट गुमायो । खरेलले १६ रन दिएर ६ विकेट लिए । नेपालका लागि जितेन्द्रसिंह ठकुरीले अविजीत ३२ रन बनाए ।
प्रतियोगितामा राम्रो फर्ममा रहेका उनले ५७ बल खेलेका थिए । यस्तै, रवीन्द्रजंग शाहले २५, सुशान्तसिंह थापाले १७, कप्तान सुमित महर्जनले १४, उपकप्तान आसिफ शेखले १२, प्रनित थापाले १६, रवि शाहले ९, पवन सर्राफले आठ र अनिल खरेलले ३ रन जोडे । नेपालले आफ्नो इनिङमा केवल दुई चौका प्रहार गरेको थियो । नेपालले अब अन्तिम खेलमा मंगलबार आयोजक राष्ट्र मलेसियाको सामना गर्नेछ ।
















प्रतिक्रिया