काठमाडौं, १ भदौ । प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीको शोकमा उनकी प्रेमिका खुश्वु ओलीले आफ्नो बालगृहका बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी छिन् ।
उनले आफूले संचालन गर्दै आएको विशालनगरस्थित बालगृह सेल्टरमा आश्रीत बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी हुन् । चरी मारिएको भोलिपल्टै उनले बालगृहका २० भन्दा बढी बालकलाई एकै पटक कपाल मुण्डन गर्न लगाएकी समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
बालगृहका अध्यक्ष खुश्वुले चरी मारिएको भोलिपल्ट बाल र कर्मचारी सबैले मुण्डन गरेको बताईन । चरी बालगृहमा आइरहने भएकाले उनको सम्मानस्वरुप केटाकेटीले कपाल मुण्डन गरेको उनको भनाई छ । बालगृहमा सडक बालवालिका र कर्मचारी गरी ३५ जना छन् । उनले डेढ वर्षदेखि बालगृह संचालन गर्दै आएकी छिन् । उनका अनुसार बालगृह संचालन गर्न प्रतिमहिना २ लाख लाग्छ ।
















प्रतिक्रिया