३० आश्विन २०८३, शुक्रबार

चरी काण्डः एमाले सभासद पाण्डेको नेतृत्वमा एमाले मुख्यालय घेराउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra_prasad_pandey

काठमाडौँ, ३१ साउन । १० दिन अघि काठमाडौको भीमढुंगामा प्रहरी कारबाहीमा मारिएका भनिएका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शनिबार पोस्टमार्टम भइरहँदा उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एमाले कार्यकर्ताले पार्टी मुख्यालय बल्खु घेराउ गरेका छन् ।

पार्टी मुख्यालय घेराउको नेतृत्व धादिङका एमाले सभासद राजेन्द्र पाण्डेले गर्नुभएको थियो । धादिङका एमाले कार्यकर्ताको स–सानो फौज लिएर पार्टी कार्यालय पुग्नुभएका पाण्डेले हत्यारामाथि कारबाहीको माग गर्दै नाराबाजी गर्नुभएको थियो ।

चरी हत्यामा संलग्न माथि कारबाही नभएसम्म चुप लागेर नबस्ने चेतावनी उहाँले मुख्यालयमै दिएपछि महासचिव ईश्वर पोखरेलले हत्यामा संलग्नलाई कारबाही गर्ने पार्टीको स्पष्ट माग रहेको भन्दै उहाँलाइृ थामथामथुमथुम पार्नु भएको थियो ।

केहीबेरको छलफलपछि उक्त टोलीलाई गृहमन्त्री वामदेव गौतमसँग भेट गराउने कुरामा महासचिव पोखरेल राजी भएपछि पाण्डे कार्यकर्ताको नेतृत्व गर्दै मन्त्री निवास पुल्चोक जानुभएको थियो ।

मन्त्री निवास पुल्चोकमा गृहमन्त्री वामदेव गौतम र चरीका आफन्तवीच शनिबार साँझ भेटवार्ता भएको थियो ।

भेटवार्तामा चरीका आफन्तहरुले ‘छानविन समिति बनाइदिनोस्, हामी दाहसंस्कार गर्छौं’ भन्ने अनुरोध गरेका थिए । तर गृहमन्त्री गौतमले भने आश्वासन दिन नमिल्ने बताउनुभएको थियो ।