३० आश्विन २०८३, शुक्रबार

कँडेलका दुई पुस्तक सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nurraj-kandel-book

काठमाडौँ, ३१ साउन । युवा वेरोजगारीको समस्या दिन प्रतिदिन बढिरहेको बेला स्वदेश तथा विदेशमा होटल तथा रेष्टुराँमा काम गर्न जाने युवाहरुको लागि लक्षित गरेर लेखक नुराराज कँडेलले वेटर तालिम र ककटेल मास्टर नामक दुई कृति बजारमा ल्याएका छन् ।

उनका दुवै पुस्तकको शनिबार राजधानीमा विमोचन भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ईश्वरी वाग्ले पुस्तकको विमोचन गरेका हुन् । विमोचित कृतिबारे वाग्लेले दुवै पुस्तकले रोजगारीको खोजीमा रहेका युवालाई एउटा मार्ग देखाइदिने विश्वास व्यक्त गरे ।

पुस्तकबारे प्रकाश पार्दै लेखक कँडेलले रक्सीको उपयोग र त्यसका असरबारे नेपाली समाजमा अझै भ्रम रहेको भन्दै यस भ्रमलाई चिर्न ककटेल मास्टर नामक पुस्तक सफल रहेको तथा रोजगारीको खोजीमा रहेका युवालाई वेटर तालिम पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुवै पुस्तक ब्रदर बुक्स प्रकाशन प्रालिले बजारमा ल्याएको हो । कँडेलका यसअघि यस्तै पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन् ।

nurraj-kandel-book1