३० आश्विन २०८३, शुक्रबार

एमालेसँग राष्ट्रपतिलाई निरन्तरता दिने भद्र सहमति भएको छः देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Serbdr-Dauba

विराटनगर, ३१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति आफूलाई थाहा नभएको बताउनु भएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमतिलाई कार्यान्वयन गर्नुपर्ने माग गरिरहेका बेला विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले यस्तो बताउनु भएको हो ।

‘कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा यस्तो कुनै कुरा उल्लेख भएको मलाई थाहा छैन,’ उहाँले भन्नुभयो, ‘यो कुरालाई अहिले उठाउनुमा कुनै तुक देख्दिन ।’

एमालेसँग राष्ट्रपतिलाई निरन्तरता दिने भन्ने भद्र सहमति मात्र भएको उहाँको जिकिर थियो ।

सवै दलको सहमतिका आधारमा संविधान निर्माण हुने भन्दै कांग्रेस वरिष्ठ नेता देउवाले तोकिएकै समयमा संविधान नहुँदैमा कुनै अनिष्ट नहुने पनि बताउनु भयो ।

‘सहमति जुटाउने क्रममा संविधान निर्माणमा केही ढिला भएमा कुनै असर पर्दैन,’ उहाँले भन्नुभयो ।