कञ्चनपुर, ३१ साउन । महाकाली नदीको शारदा ब्यारेज पुलमा सवारी आवागमन बन्द भएको छ ।
महाकाली नदीमा पानीको वहाब उच्च भएपछि सवारी आवागमनमा भारतीय पक्षले रोक लगाएको हो ।
महाकाली नदीमा शनिबार विहान ९ बजेको मापन अनुसार १ लाख १० हजार क्युसेक पानी रहेको छ ।
शारदा ब्यारेजमा ९० क्युसेक भन्दा धेरै पानी भएपछि सवारी आवागमनमा रोक लगाउने गरिएको छ ।















प्रतिक्रिया