२ कार्तिक २०८३, सोमबार

सरकार परिवर्तन हुँदैन: देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bahadur-deuba

कैलाली, ३० साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा एमाले र काँग्रेसबीच देखिएको विवाद सामान्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले दुई दलको विवादले सरकार परिवर्तन गर्ने सम्भावना भने नरहेको स्पष्ट पार्नुभयो ।

एक अर्को प्रसंगमा उहाँले सातबुँदे सहमतिमा राष्ट्रपतिलाई हटाउने सहमति नभएकाले त्यस विषयमा विवाद गर्न नहुनेमा जोड दिनुभयो ।

संविधान निर्माणका लागि दलहरूबीच छलफल भइरहेकाले समयमै संविधान जारी गरिने उहाँले दाबी गर्नुभयो ।

एक प्रश्नको जवाफमा नेता देउवाले नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाका कारण प्रभावित भएको बताउनुभयो ।