३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कोइरालालाई आफ्नै सभासदले किन गरे आलोचना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री सुशील कोइरालाको उहाँकै पार्टीका सभासदले तिव्र आलोचना गरेका छन् ।

शुक्रवारको व्यवस्थापिका संसदको बैठकमा कांग्रेस सभासद रामहरी खतिवडाले प्रधानमन्त्री कोइरालाको आलोचना गर्नुभएको हो ।

बाढी पहिरोले देशभर हजारौं जनता पीडित हुँदा पनि प्रधानमन्त्री कोइराला बाढी–पीडितको पीडा बुझ्न घटनास्थलमा नगएको भन्दै खतिवडाले आपत्ति जनाउनु भयो । प्रधानमन्त्री संसदमा उपस्थित नभएकोमा समेत उहाँले कढा आलोचना गर्नुभयो ।

‘प्रधानमन्त्री अमेरिकामा उपचार गरेर फर्किएपछि एक पटक पनि संसदमा आउनुभएको छैन,’ खतिवडाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भन्नुभयो,’ ‘हामी उहाँको स्वास्थ्यलाभको कामना गर्छौं तर, उहाँ आउनै नसक्ने हो भने सरकारले प्रधानमन्त्रीको अवस्थाबारे संसदलाई यथार्थ जानकारी गराउनुपर्‍यो, होइन भने संसदले प्रधानमन्त्रीलाई किन देख्न नपाउने ?’
खतिवडाले मोदीले समेत नेपालको बाढी पहिरोप्रति चिन्ता व्यक्त गर्दै सहयोगको घोषणा गरेको तर, देशका प्रधानमन्त्री भने पीडित जनताको अवस्था बुझ्न घटनास्थलसम्म पनि नगाएकोमा आक्रोस व्यक्त गर्नुभयो ।

संसद बैठकमा कांग्रेस सभासदहरु दिपक गिरी, सन्जय गौतम, एमाले सभासद प्रकाश ज्वाला, भीम रावल, एमाओवादी सभासद हितराज पाण्डे लगायतले पनि प्राकृतिक प्रकोपका बेला प्रधानमन्त्रीको सक्रियता नदेखिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइराला अमेरिकामा स्वास्थ्य उपचार गराएर फर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सम्बोधनको दिन बाहेक अन्य एक दिन पनि संसदमा जानुभएको छैन ।