२ कार्तिक २०८३, सोमबार

डीआइजी बढुवाको विरुद्धमा सवर्वोच्चमा रिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police

काठमाडौं, ३० साउन । डीआइजी बढुवाको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ ।

नौ डीआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रीपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो ।

डीआइजी बढुवा पुनरावलोकन समितिको सिफारिसअनुसार बढुवा नगरिएको भन्दै एआइजीका दावेदार डीआईजी यादव अधिकारीले वारेस केशवप्रसाद पौडेलमार्फत शुक्रबार रिट दायर गर्नुभएको हो ।

पुनारावलोकन समितिले आफ्नो नाम ८ नम्बरमा राखेको तर, नौ जनाको बढुवा हुँदा आफू नपरेको भन्दै अधिकारीले बढुवा रोक्न अन्तरिम आदेशको माग गर्नुभएको छ ।

डीआइजी अधिकारीको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्रचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, केदार साउद, नारायण बस्ताकोटी र गशेण राईलाई एआइजीमा बढुवा गरेको थियो ।