३० आश्विन २०८३, शुक्रबार

माओवादीसँग किन रुष्ट बने रुकमाङ्गद ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

book

काठमाडौं, २९ साउन । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले सेनाविरुद्ध षड्यन्त्र गरेपछि आफू माओवादीप्रति कडा रुपमा प्रस्तुत भएको खुलासा गर्नुभएको छ ।

बिहीबार आफ्नो आत्मकथा ‘रुकमाङ्गद कटवाल’ विमोचन कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो । ‘सुरुमा माओवादी नेतृत्वसँग सम्वन्ध राम्रो थियो,’ उहाँले भन्नुभयो,’ ‘सरकारमा आएपछि माओवादी सेनाविरुद्ध चलखेल गर्न थाले, त्यसपछि नछोड कान्छा भन्ने लाग्यो ।’

भर्खरै प्रकाशित पुस्तकमा कटवालले माओवादीसँगको सम्वन्ध, राजा ज्ञानेन्द्रले गरेको ‘कू’, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको सम्बन्ध लगायतलाई समावेश गर्नुभएको छ ।

कटवालले उक्त आत्मवृत्तान्तलाई इतिहासको एउटा कालखण्डको दस्तावेज भन्दै आउनुभएको छ ।

एउटा प्रधान सेनापतिको कार्यकालमा राष्ट्रिय स्तरका ठूला ठूला घटनाहरु भएको र त्यो अवस्थामा नेपाली सेनाको प्रधान सेनापतिको हैसियतले राष्ट्रिस्तरका निर्णय गर्नुपर्ने बाध्यता आएको कुरा पनि उहाँले पुस्तक मार्फत सन्देश दिन खोजेको बताउनु भएको छ ।

देशको प्रधान सेनापतिले देश र जनताका लागि झुण्डिन तयार बन्नुपर्छ भन्ने कुराको सन्देश पनि आफ्नो पुस्तक मार्फत दिन खोजेको उहाँले दाबी गर्नुभएको छ ।

माओवादी एउटा वर्गलाई सिध्याउनै पर्छ भन्नेपक्षमा रहेको भन्दै उहाँले माक्र्सले त्यस्तो कुरा कहिल्यै भन्नुभएको तर्क प्रस्तुत गर्दै आउनु भएको छ ।

माओवादीले सधैँ संसारबाटै फेज आउट भइसकेको विचारको कुरा गरेको आरोप पनि उहाँको छ । जुन कुरा नेपालको भू राजनीतिक अवस्थाले समेत स्वीकार गर्न नसक्ने उहाँको दाबी छ ।