काठमाडौं, २६ साउन । राजधानीका कुख्यात गुण्डा दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुस्बू ओलीले चरीको पैसामा घर किनेको पुष्टि गर्न चुनौती दिएकी छिन् ।
राजधानीमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै खुस्बूले आफ्नो सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिइन् । आफ्नो मनोवल गिराउन यस्तो हल्ला फैलाएको खुस्बूको दाबी छ । ‘म हुने खाने परिवारको सदस्य हुँ । कसैको पैसा चलाएर खानु पर्ने व्यक्ति होइन’ ओलीले भनिन्, ‘आफ्नै हैसियत भएको परिवारलाई यस्तो अनर्गल फैलाउँदा दुःख लागेको छ ।’
चरीले आफ्नो पैसा प्रेमिका खुस्बूको नाममा लुकाएको तथा धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अवैध रूपमा कमाएको पैसाबाट किनिएको प्रहरीले दाबी गर्दै आएको छ ।
जीवन भन्दा आफ्नो इज्जत ठूलो नभएको भन्दै खुस्बूले न्यायिक छानविन होस् भनेर आफूले बोलेको स्पष्ट पारिन ।
उनले आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको समेत बताइन् । ओलीले आफ्नो प्रेमीको हत्याको सूत्राधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरीक्षक कुमुद ढुँगेल भएको आरोप लगाइन् ।
फिल्मी शैलीमा चरीको भएको भन्दै खुस्बूले अर्पण कोइराला र इस्पेक्टर कुमुद ढुंगेलले पठाएको एसएमएसले समेत हत्याको पुष्टि गर्ने दाबी गरिन । उनले भनिन्– ‘केही व्यक्तिको नीच मनोवृत्तिका कारण चरीको हत्या भएको हो । यसको बारेमा निष्पक्ष छानविन हुनुपर्छ ।’
यो पनि पढ्नुहोसः
चरीकी प्रेमिका खुश्बुको सम्पत्ति प्रहरी छानबिनमा
‘चरी’ हत्याको जिम्मेवारी प्रधानमन्त्री कोइरालाले लिनुपर्छः भट्टराई
चरीका आफन्त भन्छन्, ‘हत्यामा प्रहरी प्रमुख पनि संलग्न छन्, कोठामा मारी भीमढुंगामा फालियो’
















प्रतिक्रिया