काठमाडौं, २६ साउन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेपाली चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले दुःख व्यक्त गर्नुभएको हो ।
‘आदरणीय सिने कलाकार श्रीकृष्ण श्रेष्ठ हामीबीबाट सँधैसँधैका लागि विदा हुनुभएको छ । तर, उहाँले नेपाली सिने क्षेत्रमा पुर्याउनु भएको योगदान सँधै वाँचिरहनेछ । हार्दिक श्रद्धान्जली आदरणीय श्रीकृष्ण श्रेष्ठ,’ महासचिव पोखरेलले भन्नुभएको छ ।
महासचिव पोखरेलले श्रीकृष्णकी पत्नी एवं नायिका श्वेता खड्का लगायत सम्पूर्ण शोक सनतप्त परिवारजनप्रति पनि समवेदना व्यक्ति गर्नुभएको छ ।
















प्रतिक्रिया