२ कार्तिक २०८३, सोमबार

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल छिट्टै बन्छ: उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-final3पोखरा, २४ साउन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्ने र त्यो सम्भव नभए प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र संविधान जारी गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार पत्रकार नारायण कार्कीलाई शनिबार वितरण गर्दै उहाँले कार्यतालिकाअनुसार नै संविधान निर्माणको काम अघि बढिरहेको बताउनुभयो ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण होस् भन्ने पोखरेलीहरुको तीव्र अभिलाषा रहेको आफूले पाएको बताउँदै उहाँले सबै विधि र प्रक्रिया पु¥याएर चाँडो विमानस्थल निर्माण कार्य थालिने जानकारी दिनुभयो ।

प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित राष्ट्रियस्तरको पुरस्कारको राशि ३३ हजार ३३३ र सम्मानपत्र रहेको छ ।

पुरस्कृत व्यक्तित्व कार्की पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधानसम्पादक तथा बिबिसी नेपाली सेवाको पोखरास्थित संवाददाता हुनुहुन्छ ।

महासंघका सभापति रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पालिखे परिवारका तर्फबाट सोनिमा पालिखे, पुरस्कृत व्यक्तित्व कार्की, पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेललगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।