२ कार्तिक २०८३, सोमबार

गुठी संस्थानका ६ कर्मचारी अख्तियारको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

काठमाडौं, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासकसहित ६ जनालाई शुक्रवार पक्राउ गरेको छ ।

गुठीको जग्गालाई रैकरमा परिणत गरी झुट्ठा विवरणको पत्राचार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ पर्नेमा संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ सहायक कृष्णहरि भट्टराई, दर्ता निर्णय गर्ने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सीताराम पोखरेललगायत ६ जना छन् ।

यस्तै काठमाडौँ जिल्ला सरस्वती गाविस वडा नं ६ को चार रोपनी चार आना गुठीको जग्गा रैकरमा परिणत गरी व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा सङ्लग्न देखिएका कवीन्द्र महर्जन, रवीन्द्र महर्जन र सुरेन्द्रराज जोशीलाई पनि पक्राउ गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।

सो कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका नासु गणेशबहादुर भट्ट फरार रहेकाले खोजी जारी छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को १६ अनुसार हिरासतमा लिई थप अनुसन्धान जारी रहेको जनाइएको छ ।