काठमाडौँ, २३ साउन । बैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्ले प्रक्राउ गरेका छन् ।
उनी बिहीवार साँझ दरवार मार्गको होटल याक एण्ड यतीबाट पक्राउ परेका हुन् । गल्फ होराईजन म्यानपावरका युएईबाट आएका ‘गेष्ट’ माथि मदिरा सेवन गरेर हातपात गरेपछि उनी पक्राउ परेका हुन् ।
स्रोतका अनुसार गल्फ होराईजन म्यानपावरका गेष्ट महिलालाई सुरुमा उनले होटल परिसरमै धकेलेका थिए । त्यही निहँुमा भनाभन भएपछि वाग्लेले उनीहरुलाई कुटपिट गरेका थिए ।
कुटपिट गरेपछि फरार बनेका वाग्लेलाई दरवारमार्ग प्रहरीले होटल तिरुपतीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिलवालले उजुरीका आधारमा
वाग्लेलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
‘अहिले वाग्लेका वारेमा अनुसन्धान भइरहेको छ,’ प्रहरी नायव उपरीक्षक सिलवालले भन्नुभयो,’ ‘पुष्टी भए उनलाई हामी सार्वजनिक मुद्धा चलाउँछौँ ।’ वाग्ले यसअघि पनि पटक–पटक विवादमा तानिदैँ आएका व्यक्ति हुन् ।
उनलाई अहिले पनि अधिकांश व्यसायीले स्वघोषित अध्यक्ष बनेको भन्दै अध्यक्ष मान्न अस्वीकार गर्दै आएका छन् । ‘उनी जिल्ला प्रशासन कार्यालयलाई प्रभावमा पारेर स्वघोषित अध्यक्ष बनेका हुन,’ एक व्यवसायीले भने, ‘उनी विवादित व्यक्ति भएकाले हामीले उनलाई अहिले पनि अध्यक्ष मानेका छैनौँ ।’
















प्रतिक्रिया