२ कार्तिक २०८३, सोमबार

सुनकोसी पीडितका लागि अनेरास्ववियुको एक लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annfau-1

सिन्धुपाल्चोक, २२ साउन । अनेरास्ववियुले सुनकोशी पीडितहरुका लागि संकलन गरेको गरेको नगद रुंं एक लाख तथा करिव २५ हजारको लत्ता कपडा सहितको राहत सामग्री घटनास्थलमै पुगेर वितरण गरेको छ ।

अध्यक्ष किशोरबिक्रम मल्लको नेतृत्वमा सिन्धुपाल्चोकस्थित घटनास्थलमै पुगेर राहत वितरण तथा प्रकोप उद्दारका निम्ति गठित सरकारी टोलीलाई बुझाएको अनेरास्वियुका प्रचार तथा प्रकाशन विभाग प्रमुख अषेश घिमिरेले जानकारी दिनुभयो ।

‘सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको रोहबरमा अनेरास्ववियका अध्यक्षले राहत सामग्री हस्तान्तरण गर्नुभएको हो,’ घिमिरेले भन्नुभयो ।

त्यसैगरी सरकारले दिएको राहतलाई थप प्रभावकारी बनाउन र उक्त प्रकोपमा परेका प्रत्येकलाई आ–आफ्नो क्षेत्रबाट अधिकतम सहयोग गर्न सम्बन्धित सबैलाई अनेरास्ववियुले अपिल गरेको छ ।