४ कार्तिक २०८३, बुधबार

मामा घर हिडेकी एक युवतीलाई बसभित्रै बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blatker-rape

नेपालगञ्ज, २२  साउन । बुधबार बिहान एक युवतीमाथि बस चालक र सहचालकले संयुक्त रुपमा नेपालगन्ज बसपार्कमा सामुहिक बलात्कार गरेका छन् ।

रुकुम स्थायी घर भई मामाको घर जान आएकी १८बर्षीया युवतीलाई उनीहरुले सामुहिक बलात्कार गरेका हुन् । बाँके प्रहरीका अनुसार

घटनामा संलग्न दाङ्ग तुल्सीपुर ९ घर भई ना ४ ख ५१६७ नम्बको वसमा सह चालकको काम गर्ने स्याने भन्ने सुमन विसी र दैलेख नारायण नगरपालिका ८ घर भई ना ३ ख ८७१३ नम्बरको वसका चालक चंख्ये भन्ने अजिव सुनारलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बसभित्रै आफ्ना सामान झिक्दै गरेका बेला सवै यात्रु झरेको मौका पारि उनीहरुले बिहान करिव ३ बजे बसभित्रै बलात्कार गरेको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ ।

पीडित युवतीको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भईरहेको छ ।