काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्दले विधानतः आफू पार्टीको अध्यक्ष भएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गर्नुभएको छ ।
केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले दिएको जानकारी अनुसार उहाँले पार्टीका नेता पशुपति शमशेर राणाले पार्टी महाधिवेशनको म्यान्डेड विपरित पार्टी अध्यक्ष बनेकाले रिट हाल्ने तयारी गर्नुभएको छ ।
महाधिवेशनमा भएको चक्रीय प्रणालीबाट अध्यक्ष बन्ने निर्णयलाई लत्याउँदै राणा अध्यक्ष बनेको र त्यसको विरुद्धमा चन्द अदातल जान लागेको उहाँले बताउनुभयो ।
उहाँले कानुनी प्रक्रियाबाटै न्याय खोज्ने तयारीमा रहेको उहाँको भनाई थियो ।
महाधिवेशन म्यान्डेट अनुसार सुर्यबहादुर थापा अध्यक्ष बन्नेपछि दोस्रो बरियतामा लोकेन्द्रबहादुर चन्द रहेपनि त्यसलाई मिचेको आरोप चन्द पक्षको छ ।
















प्रतिक्रिया