काठमाडौं, २१ साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सशील कोइलाका निवर्तमान स्वकीय सचिव लक्ष्मण ढकालले आफूलाई कोईराला नभएकै कारण गलहत्याइएको बताउनुभएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले कोइरालाको छोरा नभएकै कारण आफूलाई बालुवाटारबाट अपमानजनक ढंगले हटाईएको बताउनुभयो ।
कोइरालासँग आफ्नो सम्बन्ध विगार्न कोइराला परिवारका व्यक्तित्वहरु हावी भएकै कारण प्रधानमन्त्रीलाई समेत गुमहरामा राखी आफूलाई स्वकीय सचिवबाट हटाईएको हुनसक्ने उहाँको जिकिर थियो ।
‘सत्ता र शक्तिका दलालहरुका कारण आफू बाहिरिने अवस्था आएको हो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई बद्नाम गर्ने तत्वहरु अहिले बालुवाटारमा हावी छन् ।’
ढकालले पार्टी कमजोर र संकट भएको वेला सात समुन्द्रपारी भएका व्यक्तिहरु अहिले पार्टी सत्तामा भएको वेला प्रधानमन्त्रीको वरिपरि हावी भएको पनि दाबी गर्नुभयो ।
‘बालुवाटारमा कस्ता परिवार आएर बसेका छन् । तपाईहरु आँफै अनुमान लगाउन सक्नुहुन्छ,’ उहाँले भन्नुभयो ।
ढकालले घुमाउरो पारामा मृदुला कोइराला लगायतका व्यक्तिहरु बालुवाटारमा हावी भएकोले प्रधानमन्त्री सुशील कोइराला पनि त्यही बन्दीमा परेको आरोप लगाउनुभयो । ‘सुशील कोइराला प्रधानमन्त्री भए लगत्तै घर बनाउने, धन आर्जन गर्नेहरुको लाम अहिले बालुवाटारमा लागेको छ ।
‘मैले त दलाल प्रवृत्तिका मान्छेहरुबाट प्रधानमन्त्रीलाई सँधै टाढा राखेको थिँए,’ उहाँले भन्नुभयो,’ ‘६ गते नै अमेरिकाको लामो उपचारपछि नेपाल आएका प्रधानमन्त्रीलाई स्वकीय सचिवबाट हटाईएको जानकारी पाएपछि मात्रै भेट्न पाएको हुँ ।’
ढकालले आफूलाई हटाईएको बारेमा प्रधानमन्त्रीसँग प्रश्न सोध्दा उहाँले जानकारी नै नभएको बताउनुभयो पनि बताउँनुभयो । ‘आफ्नै स्वकीय सचिवलाई हटाउँदा पनि प्रधानमन्त्रीलाई जानकारी नहुनु भनेको लाजमर्दो कुरा हो,’ उहाँले भन्नुभयो,’ ‘यसले देश कसले चलाईरहेको छ भन्ने आशंका पैदा भएको छ ।’
प्रधानमन्त्रीसँग भेटेपछि बुधबार मात्रै तपाइको आवाश्यकत्ता नरहेको भन्ने आशयको अवकाश पत्र कोइरालाले थमाएको ढकालले जानकारी दिनुभयो ।
पत्रकारहरुको जिज्ञासामा ढकालले आफू यसरी बाहिरिनुपर्ने अवस्था आउला भनेर कहिल्यै नसोचेको पनि भावुक हुँदै बताउनु भयो ।
‘११ बर्षदेखि एउटा त्यागी निष्ठावान नेताको सहयोगीको रुपमा काम गरें, तर मैले यस्तो अवस्था आउला भनेर कहिल्यै पनि सोचेको थिइन् । तर सरकारमा पुगेपछि भने यसको आभास मैले पाएको थिएँ,’ ढकालले भन्नुभयो । ।’
ढकालले आफूलाई हटाईएपनि पार्टीको काममा निरन्तर लागीपर्ने र जनताको मन जित्ने विश्वास व्यक्त गरेका छन् । ‘सहयोगीको रुपमा ११ बर्षदेखि काम गर्दाको अनुभवले मलाई के भन्छ भने आफूमाथि षड्यन्त्र भएको नै थियो तर मैले त्यस्ता षडयन्त्रहरुलाई चिर्दै आएको थिएँ । हाल आएर म असफल भएँ,’ उहाँले भन्नुभयो ।
















प्रतिक्रिया