काठमाडौं, २१ साउन । प्रधानमन्त्री सुशील कोइरालाले विश्वासघात गरेको आरोप लगाउँदै आफ्ना एक सहयोगीलाई वर्खास्त गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले लामो समयदेखि आफ्नो स्वकीय सचिवका रुपमा रहनु भएका लक्ष्मण ढकाललाई विश्वास घात गरेको आरोपमा हटाउनु भएको छ ।
प्रधामनन्त्री कोइरालाले बर्खास्त गर्नुभएका स्वकीय सचिव ढकालले पत्रकार सम्मेलन गरी कोइरालाको आफुलाई बर्खास्त गर्नुको कारणवारे पोल खोल्ने बुझिएको छ । उहाले कोइरालाका सबै गोप्य पोल खोलिदिने समेत चेतावनी दिनुभएको छ ।
कोइरालाले उहाँलाई विश्वासघात गरेको आरोपमा मंगलबार राति बर्खास्त गर्नुभएको हो । अविवाहित कोइरालाका भान्जाका भान्जा नाता पर्ने ढकाल लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आउनु भएको थियो ।
ढकाल र कोइराला परिवारका सदस्यवीच सम्बन्ध बिग्रिएपछि उहाँलाई जिम्मेवारीबाट हटाइएको बुझिएको छ ।
प्रधानमन्त्रीसँग भेटन कोइराला परिवारकै सदस्यलाई पहुँच नदिने, बिभिन्न नाजायज काम गराउने तथा जनसम्पर्कबाट टाढा राख्ने गरेको लक्ष्मणमाथि आरोप लाग्दै आएको थियो ।
लामो समयदेखिका सहयोगी भएका कारण कोइरालाले कांग्रेस नेताहरुको गुनासोलाई समेत वास्ता गर्नुभएको थिएन । ढकाल मोरङको लेटाङका स्थानीय बासिन्दा हुनुहुन्छ ।
ढकाललाई बर्खास्त गरेपछि प्रधानमन्त्री कोइरालाले रमेश शर्मालाई स्वकीय सचिवको जिम्मेवारी दिनुभएको छ ।
















प्रतिक्रिया