२ कार्तिक २०८३, सोमबार

सुनकोसीको विपत्तिमा सहयोग गर्ने चीनको प्रतिवद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-China-Nepal_20110511080316

काठमाडौं, २१ साउन । चीनले सिन्धुपाल्चोकको जुरेको सुनकोसीमा गएको पहिरोका कारण सुनकोशी नदी थुनिएपछी उत्पन्न परिस्थिति र त्यसको व्यवस्थापनका लागि नेपाल सरकारलाई सक्दो सहयोग गर्ने बचन दिएको छ ।

चिनियां प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री सुशील कोइरालालाई एक पत्र पठाई चीन सरकार नेपाललाई सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभएको हो ।

पत्रमा चिनिया प्रधानमन्त्री लीले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धान्जली ब्यक्त गर्दै घरबारबिहिनहरुका लागि पुनर्वासको ब्यबस्था गर्न सक्दौ सहयोग गर्ने बताउनु भएको छ ।