३० आश्विन २०८३, शुक्रबार

एसएलसी पूरक परीक्षा आजबाट सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panika

भक्तपुर, २० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले आजदेखि एसएलसी पूरक (मौका) परीक्षा सञ्चालन गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ ।

विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।

परीक्षाका लागि देशभर कुल २३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २३०, विज्ञान विषयमा ५० हजार ७१९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी हुने छन् ।

त्यस्तै ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक शिक्षामा १७ हजार १६४, नेपालीमा दुई हजार २९१ परीक्षार्थी छन् । परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना रहेका छन् । रासस