३० आश्विन २०८३, शुक्रबार

अब युद्धको चाहना छैन: नेत्रबिक्रम चन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chand

चापागाउँ (ललितपुर), १९ साउन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले अब नेपालमा आफ्नो पार्टीको युद्धको चाहना नभएको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)द्वारा २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ट सामुदायिक विद्यालय तथा विशिष्ट श्रेणी प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा उहाँले वर्तमान सरकार र एकीकृत नेकपा (माओवादी)का नेतासँग दशवर्षे जनयुद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टीले छलफल गरिरहेको जानकारी दिनुभयो ।

सरकार र निजी संस्थाबाट दिइने शिक्षा समानस्तरको हुुनुपर्छ–उहाँले भन्नुभयो ।

अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले शिक्षामा गुणस्तरीय पाठ्यक्रमको समावेश हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा ललितपुरका उत्कृष्ट सामुदायिक विद्यालय आदर्श सौल उमावि, श्रीकृष्ण उमावि, वाणीविलास उमावि, सिस्नेरी उमावि, प्रभात उमावि, श्रृङ्गेरी सामुदायिक मावि, जनक मावि, त्रिपद्म विद्याश्रमलगायतलाई सम्मान गरिएको थियो ।