काठमाडौँ १९ साउन । दुई दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण पूरा गरी सोमवार स्वदेश फर्किनु भएको छ । उहाँ केहिबेर अघि विशेष विमानमार्फत स्वदेश फिर्ता हुनुभएको हो ।
मोदीलाई विदाइ गर्न नेपालका प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङसहित सरकारका मन्त्रीहरु र उच्च पदस्थअधिकारीहरु पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
आइतबार विहान १०बजेर ५० मिनेट जाँदा काठमाडौं आउनु भएको थियो । नेपाल बसाइका क्रममा मोदीले राष्ट्रपति, प्रधानमन्त्रीसँगै प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुका साथै पसुपतिनाथको दर्शन पनि गर्नुभएको थियो ।
त्यसैगरी मोदीले नेपालको संसदलाई पनि सम्बोधन गर्नुभएको थियो ।
















प्रतिक्रिया