३० आश्विन २०८३, शुक्रबार

नेपालमा सुर्ती सेवनवाटै प्रत्येक बर्ष १५ हजारले ज्यान गुमाउछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surty-jannaya

चापागाउँ ललितपुर, १९ साउन । नेपालमा सुर्तीजन्य पदार्थ सेवनवाट बर्सेनि करिब १५ हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

सेन्टर फर कम्युनिटी हेल्थ प्रोमोसनले गरेको एक अध्यननमा यो तथ्य देखिएको हो । सुर्ती सेवन गर्नेमा गरिब र निमुखा मानिस अधिक रहेको पाइएको छ । विश्वभरि रहेका करिब सवा सात अर्ब जनसङ्ख्यामध्ये करिब एक अर्ब मानिसले सुर्ती सेवन गर्दछन् ।

सुर्ती सेवन गर्नेमा ८० प्रतिशत पुरुष र बाँकी २० प्रतिशत महिला रहेका सो संस्थाका अध्यक्ष एवम् राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र ९रास्वासिसके० का पूर्व कार्यकारी निर्देशक लक्ष्मिरमण वनले बताउनुभएको छ । सुर्ती सेवनमा लागेका एक अर्बमध्ये ४० प्रतिशत जनसङ्ख्या छिमेकी देश भारत र चीन रहेको सो अध्ययनले देखाएको छ ।

नेपालमा रहेका करिब दुई करोड ६८ लाख जनसङ्ख्यामध्ये ८४ लाख ९६ हजार मानिसमा यस्तो लत रहेको पाइएको वन बताउनुहुन्छ । उक्त अध्ययनको निचोडले सुर्ती सेवनबाट बर्सेनि विश्वमा ६० लाखको हाराहारीमा मानिसको मृत्यु हुने गरेको देखाउँछ ।

सुर्ती सेवनबाट बढी मात्रामा क्यान्सर, मुटुरोग, हृदयघात, मस्तिष्कसम्बन्धी रोग लागेको पाइएको छ । सुर्तीजन्य सेवनवाट विश्वमा प्रति छ सेकेन्डमा एक जना र नेपालमा प्रत्येक घण्टामा दुई जना मानिसको मृत्युु हुने गरेको सो अध्ययनमा उल्लेख गरिएको छ ।

धूमपानका लागि तयार गरिने पदार्थमा टार, क्याडमिम, नाइट्रोजनलगायत चार हजारभन्दा बढी प्रकारका रासायनिक हुन्छन् । यसमध्ये निकोटिन नामक रसायनले मानव स्वास्थ्यमा गम्भीर असर ल्याउँछ । जिल्लास्तरीय सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारले एउटा समिति खडा गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण एवम् निरीक्षणको जिम्मेवारी बोकेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले आम नागरिकलाई सुर्तीजन्य पदार्थबाट टाढा राख्न राजनीतिक दलहरुको पनि अहम् भूमिका हुने बताउँछन् ।

सार्वजनिक स्थल मानिने सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक सवारी साधन, विमानस्थल, बालकल्याण गृह, शिशुस्याहार केन्द्र, सार्वजनिक शौचालय, डिपार्टमेन्टल स्टोर, धार्मिक स्थललगायतका स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने ऐनको व्यवस्था छ । यस्ता स्थानको करिब १०० मिटरको दुरीभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था छ ।

यसैगरी, गर्भवती महिला र १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई समेत सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइँदैन ।