३० आश्विन २०८३, शुक्रबार

विषालु सर्पले टोकेर बोलबम यात्रीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

Snakeरौतहट, १९ साउन । महादेवस्थानमा चढाउन भनी रौतहटको पौराइस्थित बाग्मती नदीमा जल लिन काँवर बोकेर आएका एक बोलबम भक्तको विषालु सर्पले टोकेर मृत्यु भएको छ ।

बाराको पटेर्वा गाविस–७ का ५५ वर्षीय वैद्यनाथ महतोलाई विषालु सर्पले टोकेपछि जिल्ला अस्पताल गौर लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उपचारमा संलग्न डा. रञ्जित यादवका अनुसार सुतिरहेको अवस्थामा बिहान २ बजेतिर विषालु सर्पले महतोको कानमा टोकेको थियो ।

रौतहटको माधोपुर गाविसस्थित उच्च माविको प्रागङ्णमा बास बसेका महतोलाई सर्पले टोकेको हो ।

यसैबीच, एक नाबालिकालाई बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई जिप्रका रौतहटले आइतबार पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गम्हरिया बिर्ता गाविस सिरिपुर टोलमा रहेको आफन्तको घरमा लुकिबसेको अवस्थामा आरोपित प्रेमपुर गोनाही गाविस–८ उचिडिह टोलका ५५ वर्षीय रफिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले गत साउन ९ गते उचिडिह गाउँछेउमा रहेको सिसौघारीमा काम गरिरहेकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेका थिए ।