३० आश्विन २०८३, शुक्रबार

संखुवासभाको पहिरोमा पुरिएका पाँचको सनाखत, पाँच जना अझै बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sankhuwasabha_district-1

संखुवासभा, १९ साउन । गतराति ३ बजे सङ्खुवासभाको स्याबुन–३ फच्याङमा गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जनाको मृत्यु भएको छ ।

यस घटनामा परी दुई परिवारका सबै सदस्यहरू बेपत्ता भएका छन् ।

पहिरोमा परी ज्यान गुमाउनेमा कीर्तिमान कोइराला र उहाँकी श्रीमती देवीमाया कोइराला तथा छोरी तुलसा कोइराला र छिमेकी मेहरमान कोइराला र आठ वर्षे बालक प्रज्ज्वल कोइराला रहेको संखुवासभा जिल्लाका प्रहरी नायब उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका इन्द्रबहादुर कोइराला, पूर्ण कोइराला, सम्झना कोइराला, रोशन कोइराला र कुमारी कोइरालाको शव अझैसम्म भेटिएको छैन ।

पहिरोबाट अझै फच्याङ गाउँका १० घर उच्च जोखिममा रहेको स्थानीय थिरबहादुर राईले बताउनुभएको छ । राईका अनुसार स्थानीय जनता, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीे उद्धार कार्यमा जुटिरहेका छन् ।

उद्धार कार्य तदारुकताका साथ भइरहेको प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठीेले जनाउनुभएको छ । अहिले सामान्य वर्षा भइरहेको सो स्थानमा पहिरो झर्नेक्रम रोकिएको छैन ।

घटनास्थल निरीक्षणका क्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, सभासद्हरू तारामान गुरुङ र दीपक खड्का काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको सभासद् खड्काका स्वकीय सचिव गोकुल खत्रीले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट पूर्वतर्फ पाँच घण्टाको पैदल दूरीमा रहेको छ ।