२ कार्तिक २०८३, सोमबार

यस्तो छ मोदीको व्यस्त तालिका, आजै स्वदेश फर्कने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi

काठमाडौँ, १९ साउन । नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहनु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको भ्रमणमा संलग्न नेपाल र भारतका सीमित उच्च अधिकारीहरूलाई उपलब्ध गराएको भ्रमण कार्यतालिकाअनुसार पशुपतिनाथको पूजादर्शन सकेर राष्ट्रपति डा रामवरण यादवसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री मोदी राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुहुनेछ ।

राष्ट्रपतिसँगको भेटवार्तापछि उहाँ सोही कार्यालयमा आयोजित दिवाभोजमा सहभागी हुनुहुनेछ । राष्ट्रपति स्वयम्ले भोजको आयोजना गर्नुभएको हो ।

दिवाभोजपछि उहाँले अपराह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ भने मधेसी दलका नेताहरूसँग पनि प्रधानमन्त्री मोदीले भेट्ने कार्यक्रम छ ।

त्यसैगरी उहाँले नेपालका उद्योगपति, व्यवसायी र नेपाली काँग्रेसका नेताहरूलाई छुट्टाछुट्टै भेटेर नेपालको आर्थिक अवस्थाका साथै राजनीतिक पार्टीका विचार बुझ्नुहुनेछ । कार्यतालिकाअनुसार राष्ट्रपतिदेखि मधेसी दलका नेता सबैसँगको भेटवार्ताका निम्ति भारतीय प्रधानमन्त्रीको आधा घण्टाको समय छुट्याइएको छ ।

आजै साँझ भारतीय वायुसेवाको विशेष विमानबाट उहाँ स्वदेश फर्कने कार्यक्रम छ ।