३० आश्विन २०८३, शुक्रबार

साझा बसमा वाइफाइ सुविधा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sajha-bus

काठमाडौँ, १८ साउन । नेपाल टेलिकमले आइतबारदेखि साझा यातायात सहकारी संस्थाद्वारा काठमाडौंँ उपत्यकाभित्र सञ्चालित साझा बसमा एनटी वाइफाई हटस्पट्स स्थापना गरी वाइफाई सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले साझा यातायातका बसमा वाइफाइ सेवा सञ्चालन गर्नका लागि वाइम्याक्स प्रविधिको उपकरण जडान गरेको छ । बसमा यात्रा गर्ने यात्रुले कम्पनीको उक्त वाइफाइमार्पmत इन्टरनेट चलाउन सक्ने टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो ।

हाल साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै विमानस्थलसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल महाराजगञ्ज हुँदै गँगबु बसपार्कसम्म दुई मार्गमा १६ वटा बस सञ्चालन गरिरहेको छ । यात्रुले वाइफाइमार्पmत इन्टरनेट चलाउनका लागि जिएसएम तथा सिडिएमए पोस्टपेड÷प्रिपेड मोबाइलको म्यासेज बक्समा गई वाइफाइ टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गरी स्मार्ट फोन, ल्यापटप, आइप्याड आदिमा वाइफाइ चलाउन सक्नेछन् ।

पासवर्डबाट एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्छ । पासवर्डको समयावधि २४ घन्टा कायम रहने र सेवा प्रयोग गरेबापत ग्राहकको मोबाइलबाटै रुपैंया १० कट्टा हुनेछ ।

कम्पनीले साझा बसमा जडान गरेको वाइफाई सेवाप्रति उपभोक्ता आकर्षणलाई हेरी आगामी दिनमा अन्य मार्गमा चल्ने बसमा समेत सो सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल कम्पनीले मुलुकका ७२ जिल्लामा वाइम्याक्स सेवा सञ्चालनमा ल्याइसकेको तथा उपभोक्ताको बढी भिडभाड हुने अस्पताल, ठूला पसल, उद्यान, चोकलगायत २२० स्थानमा वाइफाइ हटस्पट्स स्थापना गरी वाइफाइ सेवा सञ्चालन गरिरहेको जनाइएको छ ।