२ कार्तिक २०८३, सोमबार

मोदीले गरे नेपालीमै भाषण, बुद्ध नेपालमै जन्मेको स्वीकार (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-Nepal-samsad

काठमाडौं, १८ साउन । भारतले बुद्ध आफ्नै देशमा जन्मेको दाबी गरिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने बुद्ध नेपालमै जन्मिएको स्वीकार गर्नुभएको छ ।

व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बुद्ध नेपालमै जन्मिएको बताउनुभयो । उहाँ अर्कोपटक छिट्टै नेपाल भ्रमण गर्न लागेको जानकारी समेत दिनुभयो । सार्क सम्मेलनमा भाग लिन नेपाल आउँदा बुद्ध जन्मस्थल लम्बिनीमा जान चाहेको उहाँले बताउनुभयो । ‘सार्क सम्मेलनमा आउँछु, जनकपुर र लुम्बिनी जान्छु,’ उहाँले भन्नुभयो।

मोदीले सुरुमा केहीबेर नेपालीमै भाषण गर्नुभएको थियो । पछि भने हिन्दीमा भाषण गर्नुभयो ।

मोदीले भारतमा नेपालीले खेलेको भूमिकाको कदरसमेत गर्नुभयो । भारतका रक्षाका लागि भएका हरेक लडाईंमा नेपालीको रगत मिसिएको उहाँले बताउनुभयो ।

उहाँले संसदलाई सम्वोधन गर्दै  १७ वर्षसम्म भारतीय प्रधानमन्त्री नआएको भन्दै अब यस्तो नहुने बताउनु भयो। महाकाली नदीमा पुल बने भारत र नेपालवीचको दूरी अझै कम हुने बताउनु भयो। त्यसो भयो भने नेपाल–भारतको दुरी कम हुने उहाँको भनाई छ । उहाँले सीमा बाधक नबनोस्, पुल बनोस् भन्ने कामना गर्नुभयो ।

त्यसैगरी उहाँले नेपालको अध्यारो हटाउन भारत चाहन्छ भन्नुभएको छ । दशकपछि नेपालले हिन्दुसानको पनि अध्यारो हटाउने उहाँको भनाई छ । उहाँले जतिसक्दो छिटो ट्रान्समिसन लाइन बनाउँनु पर्नेमा पनि जोड दिनुभएको छ ।

पशुपतिनाथ र लुम्बिनीमा पर्यटक ल्याउन पर्ने भन्नुभयो । ‘त्यसो भए चना बेच्नेले पनि कमाउँछ, मुम्फली बेच्ने पनि कमाउँछ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी उहाँले नेपाल र नेपालीसँग काँधमा काँध मिलाएर काम गर्न तयार रहेको बताउनु भयो । विश्वमा हिमालयको जडिबुटीको चर्चा रहेको भन्दै नेपालले हर्बव मेडिसिनको निर्यात गर्नुपर्नेमा जोड दिनुभयो । ‘म तपाईसँग मिलेर काम गर्न तयार छु,’ उहाँले भन्नुभयो ।

आयुर्वेदको सवैभन्दा ठूलो निर्यातकर्ता देश नेपाल बन्न सक्ने पनि उहाँले दाबी गर्नुभयो । हिन्दुस्तानलाई विजुली बेचेर पनि नेपाल विकासित मुलुक बन्न सक्ने भन्दै उहाँले नेपालको विकासमा काध मिलाउन तयार रहेको बताउनु भयो ।

उहाँले संसदलाई सम्वोधन गर्दै  नेपालको विकासका लागि भारत जतिसुकै आवश्यक पर्छ त्यो दिन तयार रहेको बताउनु भएको छ ।

उहाँले सुनकोशी नदी पहिरोले थुनिँदा आफूलाई गहिरो दुःख लागेको भन्दै आफ्नो सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कोशीको बाढीले जति नेपाललाई चिन्तित बनायो हिन्दुस्तानीलाइ पनि त्यति नै बनाएको बताउनु भयो ।

नेपाल भारत सम्वन्धको चर्चा गर्दै मोदीले नेपालमा चर्को घाम लागे हिन्दुस्थानलाई गर्मी हुने बताउनु भयो ।

उहाँले संसदलाई सम्वोधन गर्दै नेपाल हिमालयको शिर जस्तो उच्च होस्, यही हेर्ने हाम्रो इच्छा भन्नुभभन्नुभयो । त्यसैगरी उहाँले सम्राट अशोक र बुद्दको चर्चा गर्दै युद्दबाट बुद्दमार्गमा लाग्नेको प्रसंसा समेत गर्नुभयो ।

उहाँले एमाओवादीतर्फ संकेत गर्दै युद्धबाट बुद्धको बाटोमा आएको भन्दै प्रसंशा गर्नुभयो । नेपालमा बुलेट छाडेर ब्यालेटमा जाने संकल्प गरेकोमा एमाओवादीलाई प्रशंसा गर्नुभयो ।

उहाँले नेपालले बनाउँने संविधान नेपालका लागि मात्र हैन, बिश्वकै लागि स्वणिर्म पृष्ठ बन्नेवाला रहेको पनि दाबी गर्नुभयो ।

हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=Uw9dHZvmABc