काठमाडौँ, १८ साउन । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच तीन सम्झौता भएका छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं रहनु भएका भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री सुशील ककोइरालाबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सम्झौतामा हस्ताक्षर भएको हो ।
वान टु वान वार्तापछि दुवै देशका प्रधानमन्त्री सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीचमा सिंहदरबारको क्याबिनेट हलमा आपसी हितका सम्बन्धमा द्विपक्षीय वार्ता भएको थियो ।
लगतै पञ्चेश्वर विकास प्राधिकरण गठनसहितका तीन सम्झौतामा हस्ताक्षर भएको छ । जसमा स्वास्थ्यसम्वन्धी सहयोग र नेपाल टेलिभिजन र दुरदर्शनबीचको सम्झौता छन् ।
















प्रतिक्रिया