३० आश्विन २०८३, शुक्रबार

मोदीको भ्रमण सफल गर्न पूजा गर्नेहरु पनि भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puja

काठमाडौँ, १८ साउन । स्वराज्य मेलमिलाप राष्ट्रिय अभियानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा आज विशेष पूजा गरेको छ ।

आइतबारदेख दुई दिनसम्म हुने उहाँको राजकीय भ्रमणका क्रममा पशुपतिनाथस्थित सूर्यघाटमा एक हजार आठ आहूति सूर्य अथर्वशीर्ष तथा मन्त्रोच्चारण गरेको हो । उक्त कार्यक्रममा गणेश अथर्वशीर्ष र विभिन्न मन्त्र पाठ गरी प्रधानमन्त्री मोदीको भ्रमण सफलताको कामना गरिएको थियो ।

नेपाल तथा भारतको विभिन्न सांस्कृतिक पक्षले दुई देशको एकता र सदियौँ पुरानो मित्रता रहेको त्यसलाई जनस्तरमा फैलाउन आवश्यक रहेको अभियानका संयोजक केशव चौलागाईंले बताउनुभयो ।

उहाँले भारतका प्रधानमन्त्री मोदीले सोमबार पशुपतिनाथको मन्दिरमा गर्न लागेको रुद्राभिषेक तथा पूजाले विश्वमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बीको प्रतिष्ठा बढेको बताउनुभयो ।

नारायण उपनिषद्मा यज्ञबाट दुश्मनलाई पनि मित्र बनाउन सकिने उल्लेख गरिएको भन्दै समाजमा समान सहभागिता तथा न्याय स्थापना गराउन उद्देश्यले सो संस्थाले प्रत्येक आइतबार तथा पूर्णिमाका दिन सोही स्थानमा सात वर्षदेखि विभिन्न हवन तथा पूजा सञ्चालन गर्दै आएको चौलागार्इंले जानकारी दिनुभयो ।