१ कार्तिक २०८३, आइतबार

‘शिवभक्त’ मोदीले पशुपतिलाई अहिलेसम्म ठूलो दान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथ मन्दिरलाई ४० करोड रुपैंया सहयोग गर्नु हुने भएको छ ।

नेपाल भ्रमणमा रहेका मोदीले २५ करोड भारतीय रुपैयाँ अर्थात करिब ४० ४० करोड नेपाली रुपैंया सहयोग गर्न लाग्नुभएको हो ।

सोमबार मन्दिरको दर्शन र विशेष पुजा गरेपछि उहाँले सहयोग रकम हस्तान्तरण गर्नुहुनेछ । पशुपति मन्दिर आसपासमा ४ सय जना अटाउने धर्मशाला निर्माण गर्नका लागि यो सहयोग गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पशुपतिनाथ मन्दिरलाई यो अहिलेसम्मकै ठूलो सहयोग रकम हो । प्रधानमन्त्री मोदीले शिव भक्त हुनुहुन्छ । लोकसभा चुनाव जित्नासाथ मोदीले बाबा विश्वनाथको पूजा गर्नुभएको थियो । उहाँले चुनाव ताकै पशुपतिनाथको पनि दर्शनमा जाने बताउनुभएको थियो ।