१ कार्तिक २०८३, आइतबार

मोदीले बिमानस्थलमा सुशीललाई के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-kathmandu

काठमाडौ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अबस्थाबारे चासो व्यक्त गर्नुभएको छ ।

विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएका मोदीले अतिविशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालासँग उहाँको स्वास्थ्य अवस्था र मुलुकको अवस्थाको विषयमा चासो राख्नु भएको थियो । मोदीको जिज्ञासामा कोइरालाले पनि आफू पूर्ण स्वास्थ्य रहेको बताउँदै तपाईलाई स्वागत गर्न पाँउदा आफू निक्कै हर्षित भएको बताउनु भएको थियो ।

कोइरालाले यो भ्रमणले नेपाल भारतवीचको पुरानो सम्बन्धलाई अझै प्रगाढ बनाएको विश्वास ब्यक्तगर्नु भएको स्रोतले जनाएको छ ।

विमानस्थलबाट मोदी सिधै ह्यात होटल प्रस्थान गर्नु भएको थियो । त्यहाँ केहीबेर आराम गरेपछि साढे १२ बजे उहाँलाई होटलमै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

आजै दिउसो दुवै देशका प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ ।

modi_nepal

त्यसपछि मोदीले सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गर्नुहुनेछ । ४ बजेर २५ मिनेटमा सभामुख नेम्वाङसँगको भेटपछि व्यवस्थापिका–संसदलाई सम्बोधन गर्नुहनेछ । आजै बेलुका नै भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरालाले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

मोदीले भोली सोमबार बिहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ । त्यसैगरी भोली नै उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा रामवरण यादवसँग शिष्टाचार भेट गर्नुहुनेछ । भेटपछि राष्ट्रपति डा यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

यसैगरी भोली अपराह्न भारतीय प्रधानमन्त्री मोदीसँग विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा व्यापारिक समुदायले सामूहिक तथा व्यक्तिगतरूपमा पनि भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दुई दिने औपचारिक भ्रमण पूरा गरी उहाँ भोली बेलुका नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।