१ कार्तिक २०८३, आइतबार

मोदी काठमाडौंमा, यस्तो छ मोदीको ३० घण्टा नेपाल बसाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-kathmandu1

काठमाडौँ, १८ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको छ ।

आइतबार विहान ११:१० बजे मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । उहाँको स्वागतमा सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, सवारी एवं सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री मोदीको विमानलाई अगुवाई गर्दै भारतीय वायु सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारतका साथै १९ तोपको सलामी दिएको थियो । त्यस अवसरमा दुवै देशका राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो ।

यहाँ रहँदा भारतीय प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख नेम्वाङ, परराष्ट्रमन्त्री पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज दुवै देशका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ । आजै प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाले आज साँझ भारतीय प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

modi-salami
तस्वीर : आजतक

प्रधानमन्त्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डलमा ७० देखि ७५ जना अधिकारी सामेल हुने र द्विपक्षीय वार्तामा दुवै देशका २५ देखि २७ जना वरिष्ठ अधिकृत सहभागी हुने बताइएको छ । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव एवम् सहसचिव हुनुहुन्छ ।

करिब तीन महिनाअघि प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँदिल्ली भ्रमणका बेला प्रधानमन्त्री कोइरालाले उहाँलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको यो पहिलो राजकीय भ्रमण हो ।

मोदी विहान साढे ९ बजे विशेष विमानमार्फत इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्नु भएको थियो । नेपाल प्रस्थान गर्नु अघि इन्दिरागान्दी विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत खगराज अधिकारीले मोदीलाई विदाइ गर्नुभएको थियो ।

जम्बोटोलीस्थित नेपाल आइपुगेका मोदी सोमबार स्वदेश फर्कनुहुनेछ । मोदीको भ्रमणलाई ध्यानमा राख्दै काठमाडौंको सुरक्षा व्यवस्था अति नै कडा पारिएको छ ।

आईतबारको कार्यतालिकाः

कार्यतालिका अनुसार मोदी त्रिभुवन विमानस्थलमा बोईङग् विजनेश जेटबाट अवतरण, त्यही प्रधानमन्त्री कोईराबाट स्वागत ।

नेपाली राष्ट्रिय गीत बजाएर उहाँको स्वागत। त्यसपछि परिचयको कार्यक्रम। उहाँ बस्ने होटल ह्यात तर्फ प्रस्थान। दिउँसो १२ बजेर ३० मिनेटदेखि १ बजेसम्म पराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसंग शिष्टचार भेटघाट ।

१ बजेदेखि २ बजेसम्म लन्च आवर । त्यसपछि २ बजेर १० मिनेटमा सिंहदरवार प्रस्थान । सिंहदरवारमा २ बजेर ३० मिनेटमा पुग्ने । सिंहदरवारमा २ बजेर ३० मिनेटदेखि ३ बजेसम्म उहाँका समकक्षी सुशील कोईरालसंग भेटवार्ता गर्ने।

३ बजेदेखि ४ बजेसम्म सिंहदरवारमै द्धिपक्षीय वार्ता हुने । त्यसको लगत्तै ४ बजेदेखि ४ बजेर १५ मिनेटसम्म दुई प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने।

त्यसपछि ४ बजेर १५ मिनेटदेखि ४ बजेर २० मिनेटमा संसद भवनको लागि प्रस्थान । ४ बजेर ३० मिनेटमा संसद भवन बानेश्वरमा पुग्ने । ४ बजेर ३० मिनेटदेखि ४ बजेर ४५ मिनेटसम्म सभामुख सुवासचन्द्र नेम्बाङ्संग भेटवार्ता । त्यसपछि ४ वजेर ५० मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म संसदमा सम्बोधन गर्ने ।

संसदको सम्बोधन लगत्तै ५ बजेर३५ मिनेटमा आफू बस्ने होटल ह्यात प्रस्थान् गर्ने । ५ बजेर ५० मिनेटमा होटल ह्यात पुग्ने । ६ बजेर ३० मिनेटदेखि ७ बजेर ३० मिनेटसम्म भारतीय दूतावासमा आयोजित स्वागत कार्यक्रममा सरिक हुने ।

७ बजेर ३५ मा प्रधानमन्त्री सुशील कोईरालाद्धारा आयोजित रिसेप्सनमा सरिक हुने । ८ बजे होटल सोल्टीमा पुग्ने । ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री कोइरालाद्धारा सम्मानका लागि दिईने रात्रिभोजमा सरिक । त्यसपछि ९ बजेर ३५ मिनेटमा होटल ह्यातका लागि प्रस्थान गर्ने ।

सोमबारको कार्यतालिकाः

विहान ९ बजेर १५ मा पशुपतिनाथ मन्दिरको लागि प्रस्थान् । ९ बजेर २५ मा पशुपतिनाथ मन्दिरमा पुग्ने । ९ बजेर ३० मिनेटदेखि १० बजेर १५ मिनेटसम्म पशुपतिनाथको दर्शन तथा पूजा गर्ने । त्यस लगत्तै १० बजेर १५ मिनेटदेखि १० बजेर २५ मिनेटसम्म होटल ह्यातका लागि प्रस्थान गर्ने ।

११ बजे राष्ट्रपती भवन शीतल निवासका लागि प्रस्थान । ११ बजेर १५ मिनेटदेखि ११ बजेर ४५ मिनेटसम्म राष्ट्रपति यादवसँग भेट्ने । त्यसपछि राष्ट्रपतिले आयोजना गरेको दिवाभोजमा सरिक हुने ।

दिवाभोजमा ११ बजेर ४५ मिनेटदेखि १३ बजेसम्म सामेल हुने । लगत्तै हायात होटल जाने र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुरुमा भेट्ने ।

त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी दलका नेताहरुसँग भेट्ने । दिउँसो ३ देखि ३ बवेर ३० मिनेटसम्म व्यापारिक समुदायलाई सम्बोधन गर्ने ।

त्यसपछि पाटन दरबार स्क्वायर अवलोकनका लागि जाने । पाटन दरबार स्क्वायरमा केही समय विताएपछि त्रिभुवन विमानस्थलका लागि अपराह्न ४बजेर ५० मिनेटमा प्रस्थान गर्ने । ५ बजेर ३५ मिनेटमा बोइङ विजनेस जेटमार्फत दिल्लीका लागि प्रस्थान गर्ने