१ कार्तिक २०८३, आइतबार

जुनसुकै बेला बन्द हुनसक्छ राजधानीको सडक, कहाँ- कहाँ हुँदैछ सवारी निषेध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tinkune-airport-road

काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमण अपधीभर उपत्यकाको सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको छ ।

मोदीको सुरक्षाकै लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तथा राष्ट्रिय अनुसन्धान विभाग फिल्डमा खटिएको छ । गृहमन्त्रालयले एकीकृत रुपमा सुरक्षा परिचालन गरेको हो ।

जसअनुसार नेपाली सेनाले पहिलो घेराको सुरक्षा दिने छ, त्यसअन्तर्गत नै सेनाले बिहानैदेखि संवेदनशील क्षेत्रमा हवाई गस्ती गरिरहेको छ । नेपाल प्रहरीले दोस्रो घेराको सुरक्षा दिने छ भने सशस्त्र प्रहरीले प्रधानमन्त्री मोदी बस्ने होटल तथा दायाँबायाँको सुरक्षा व्यवस्था हेर्नेछ ।

त्यस्तै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागलाई परिचालित गरिएको छ । सुरक्षा निकायहरुले आफ्नो माताहतका सुरक्षाकर्मीलाई सूचना संकलनका लागि सादा पोसाकमा समेत खटाउने भएको छ । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला कुनै पनि शक्ति वा ब्यक्तिले नेपालमा कुनै पनि चलखेल गर्न नपाओस् भन्नका लागि सबै सुरक्षा निकायलाई परिचलन गरिएको हो ।

मोदीले नेपालको ब्यवस्थापिका संसदलाई सम्बोधन गर्दैछन् । त्यसैले संविधानसभा भवन रहेको नयाँ बानेश्वर क्षेत्रलाई पनि संवेदनशील क्षेत्रका रुपमा निगरानीमा राखिएको छ । बानेश्वर क्षेत्रको सडक तथा सडक किनारमा भएका खाल्डाखुल्डी पुर्ने काम भएको छ भने मोदी हिड्ने सडकमा पर्ने पुलको भौतिक अवस्थालाई पनि निगरानीमा गरिएको छ ।

मोदी हिँड्ने सडकमा सर्वसाधारणलाई हिँडडुल गर्न तथा सवारी साधन चलाउन पनि रोक लगाइने प्रहरीले जनाएको छ ।

‘जतिसुकै बेला सडक बन्द हुन सक्छ, आज र भोलि यस्तै हो ‘- एक प्रहरी अधिकृतले भने ।

कहाँ- कहाँ हुँदैछ सवारी निषेध ?

आइतबार

– बिहान १० बजेदेखि १२ बजेसम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरु।

-दिउँसो सवा १ बजेदेखि पौने ३ बजेसम्म होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माईतीघर भएर चल्ने सवारी साधनहरु ।

-दिउँसो साँढे ३ बजे देखि साँढे ४ बजेसम्म सिंहदरबार, माईतीघर, भएर तीनकुने तर्फ जाने सवारी साधनहरु ।

– अपरान्ह साढे चार बजेदेखि साँझ साढे पाँच बजेसम्म नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चावहील, भएर बौद्ध तर्फ जाने सवारी साधनहरु  ।

सोमबार

– बिहान ९ बजेदेखि साँढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरु  ।

– पौने ११ बजेदेखि साँढे ११ बजेसम्म र साँढे १२ बजेदेखि साँढे १ बजेसम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरु ।

-अपरान्ह् ४ बजेदेखि साँझ ५ बजेसम्म बौद्ध, चावहिल, गौशाला, सिनामंगल, तीलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु  ।