३० आश्विन २०८३, शुक्रबार

माओवादी युद्धकालको झल्को दिने खानतलासी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khantalasi-kathmandu-police

काठमाडौं, १८ साउन । आजदेखि सुरु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हुन सक्ने संभावित खतरालाई मध्यनजर गर्दै सरकारले चेकजाँचलाई तिब्रता बनाएको छ ।

सरकारले संभावित खतरा भन्दै राजधानी भित्रिने नाकामा तैनाथ गरेको सुरक्षा निकायले विद्रोही माओवादीको समयमा जस्तै राजधानी भित्रिने नाकामा सवै सवारी साधनलाई रोकेर खानतलासी गरेको छ । सुरक्षा निकायको चेकजाँचका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सवारी साधनको भिड लागेको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तत्कालिन माओवादीविरुद्ध संकटकाल घोषणा गरेर राजमार्गमा हिड्ने यात्रुलाई सवारी साधनबाट ओरालेर चेकजाँच गरेझै शनिबार संयुक्त फौजले भाडा तथा निजी सवारी साधनमा आएका यात्रुलाई ओरालेर हरेकको शरीर खानतलासी गरेको थियो ।

यसअघि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको नेपालमा औपचारिक भ्रमण हुदाँ नेपाल सरकारले सुरक्षाका नाममा यतिविधि ज्याजदी गरेको थिएन, एक पूर्व सुरक्षा प्रमुखले भने ।

एम्बुलेन्स र सुरक्षा निकायका सवारी बाहेक सबै सवारी साधनमा खानतलासी गर्नु भन्ने पत्र आएपछि हामी आज शनिबार बिहानबाट सवारी साधनमा चेकजाँच गर्ने कार्यलाई अगाडि बढाएका हौं,चेकजाँचका क्रममा खटिएका सशस्त्र प्रहरी बलका जवान सन्तोष चौधरीले भने ।