
काठमाडौँ, १७ साउन । पथरी–काठमाडौँ मैत्री समाजको तेश्रो साधारण सभाबाट लक्ष्मीप्रसाद कोइराला निर्बिरोध निर्बाचित भएका छन् ।
शनिबार भएकोसमाजको साधारण सभाबाट ९ सदस्यीय समिति निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा महेन्द्र पोख्रेल, सचिव विकाश घिमिरे, सहसचिव सुरेन्द्र दहाल र कोषाध्यक्षमा अम्विका गौतम निर्वाचित भएका छन् ।
साधारणसभाले सद्धदस्यहरुमा अशोक खनाल, पुरुषोत्तम पौडेल, कृष्णा अधिकारी र टिका गौैतमलाई चयन गरेको छ । अन्य ४ सदस्य पहिलो वैठकले मनोनयन गर्ने भएको छ । सोही साधारणसभामा यस वर्षको एसएलसी परीक्षामा पथरी क्षेत्रवाट उत्कृष्ट अंक ल्याइ उर्तिण भएका र हाल काठमाडौमा अध्ययन गर्दै गरेका २ जना बिद्यार्थीलाइ सम्मान समेत गरिएको थियो । सभासद चण्डि राईको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अन्य विभिन्न संघ सस्थाका व्याक्तिले शुभकामना दिएका थिए । मोरङ्गको पथरीबाट काठमाडौ र सो आसपास बस्दै आएका पथरीवासीको संगठन हो ।















प्रतिक्रिया